कालोपत्रे भएको तीन महिनामै सडकको बिजोग
भोजपुर : कालोपत्र भएको तीन महिनामै सडक भत्किएपछि यहाँका स्थानीय आक्रोशित भएका छन्। सडक भत्किएर आवतजावतमा समस्या भएपछि स्थानीय आक्रोशित भएका हुन्।
सर्लाहीमा पोखरीमा डुबेर ४ वर्षीय बालकको मृत्यु
लालबन्दी : सर्लाहीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।
जिल्लाको कौडेना गाउँपालिका-३ का चन्दन पासवानका ४ वर्षीय छोरा...
पत्रकार महासंघका अध्यक्ष सहभागी कार्यक्रम सर्लाहीका पत्रकारद्वारा बहिष्कार
लालबन्दी : पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कर्ण सहभागी कार्यक्रम सर्लाहीका पत्रकारले बहिष्कार गरेका छन्।
रौतहटको चन्द्रनिगाहपुरमा आयोजित अध्यक्ष...
सात सय ३८ कर्मचारीको जागिर चट
वीरगन्ज :वीरगन्ज महानगरपालिकामा कार्यरत ७३८ जनाको जागिर खोसिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडाकार्यालयमा उजुरी परेपछि महानगरपालिकाले भदौ २७ गते बुधबारदेखि लागु हुने गरी ती कर्मचारीलाई कामकाजमा नलगाउन आदेशजारी गरेको हो ।
महानगरपालिकाले जारी गरेको पत्रमा सबै वडा कार्यालय, महाशाखा, उपशाखा, एकाइ प्रमुख, स्वास्थ्य चौकी, केन्द्रका कार्यालयमास्थायी र करारमा कार्यरत रहेका कर्मचारीबाहेकका कसैलाई पनि कामकाजमा नलगाउने भनिएको छ । यस्तो पत्र जारी भएपछि विभिन्नमिति र विभिन्न तहमा नियुक्ति पाएका ज्यालादारी कर्मचारीको जागिर सकिएको छ ।
महानगरपालिकाको प्रशासन महाशाखाका अनुसार नियुक्ति पाएकामध्ये सरसफाइमा १९२, कम्प्युटर अपरेटर ११५, कार्यालयसहयोगीमा ७४, नगर प्रहरी ६६, हलुका सवारीचालक ५३, ट्याक्टरचालक ५३, फायरम्यान ४०, सुपरभाइजर ३३, कुली २०, बिजुलीमिस्त्री १९, सबइन्जिनियर १४, गार्ड १२, नाइके आठ, अमिन सात, हेभी सवारीचालक पाँच, माली चार, चेनम्यान दुई र स्टाफ नर्स एकगरी ७१८ छन् भने २० जनाको हाजिरी आउन बाँकी रहेको छ ।
लेखा शाखाका स्रोतका अनुसार ७३८ कर्मचारीलाई हटाएपछि मासिक लगभग दुई करोडभन्दा बढी आर्थिक व्ययभारबाटमहानगरपालिकाले उन्मुक्ति पाएको छ । दैनिक ज्यालादारीका कर्मचारी २०७९ साल असोज र केहीले कात्तिकमा नियुक्ति पाएका थिए। लगभग ११ महिनाको अवधिमा महानगरपालिकाले २० करोड रुपियाँको हाराहारीमा तलबमा खर्च गरिसकेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयका शाखा अधिकृत राजन रायले वीरगन्ज महानगरपालिकामा ठुलो सङ्ख्यामाआवश्यकताभन्दा बढी दैनिक ज्यालादारीमा कर्मचारी भर्ना गरी आर्थिक व्ययभार थपिएको उजुरी परेपछि प्रक्रियागत रूपमा नियुक्तिभएको नभएको छानबिन गरिरहेकाले सबै कुरा छानबिनकै क्रममा रहेकोले थप बताउन नसकिने बताए । यस विषयमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलसँग सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहेनन् ।
भूमि आयोगले सर्लाहीसहित ३२ जिल्लाका सुकुम्बासीको लगत संकलन गर्ने (सूचनासहित)
काठमाडौं : राष्ट्रिय भूमि आयोगले विभिन्न जिल्लामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी लगत संकलन थालेको छ।
भूमिहीन...
दंगा फैलाउनेलाई गोली हान्ने मधेशका मुख्यमन्त्री यादवको चेतावनी
धनुषा : मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले हिन्दू र मुस्लिमबीच दंगा फैलाउनेलाई गोली हान्ने चेतावनी दिएका छन्।
मलङ्गवामा निकालियो सर्वपक्षीय सद्भाव र्याली
सर्लाही : धार्मिक तथा सामाजिक सहिष्णुताका लागि आज मलङ्गवामा सर्वपक्षीय सद्भाव र्याली गरिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा बसेको सर्वदलीय सर्वपक्षीय...
सामाजिक सुरक्षा भत्ता परिचयपत्र नबिकरण वापत रकम असुल्दै गाउँपालिका
लालबन्दी : बाराको आदर्श कोतवाल गाउँपालिका-५, बिर्तामा सामाजिक सुरक्षा भत्ता परिचय पत्र नबिकरण गरे वापत सेवाग्राहीसंग १५० रुपैयाँको दरले रकम असुल्दै...
सर्लाहीको सीमा नाकामा फहराइयो राष्ट्रिय झण्डा
सर्लाही : नेपाल र भारतको सीमा जोडिने सर्लाहीको मुख्य नाका मलङ्गवा नगरपालिका–८ मा एक सय आठ फिट उचाइमा राष्ट्रिय झण्डा फहराइएको छ। मलङ्गवाको...
प्रचण्ड नेतृत्वको सरकारसँग तस्कर ठग र भ्रष्टाचारीहरू डराएका छन् : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ : भदौ स् उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको पक्ष तथा भ्रष्टाचारविरुद्ध चालेको कदमबाट आम जनतामा आशा जागेको बताएका छन्।...