मधेश सरकारले भूकम्प पीडितलाई ६० लाखको राहत सामग्री पठाउने

8

जनकपुरधाम : मधेश प्रदेश सरकारले जाजरकोट भूकम्प पीडितहरूका लागि ६० लाख रुपैयाँ बराबरको राहत सामग्री पठाउने भएको छ।

मधेश सरकारको विपद् व्यवस्थापन समितिले ६० लाख बराबरको राहत सामग्री पठाउने निर्णय गरेको हो ।

जाजरकोट र रुकुमका भूकम्प पीडितहरूका लागि राहत सामग्री पठाउने निर्णय गरेको छ । समितिले दाल, चामल, नुनलगायतका अत्यावश्यक खाद्यान्न सामाग्री भूकम्प प्रभावित क्षेत्रमा पठाउने छ।

Share1