८५ लाख रुपैयाँ बुझाएर अमेरिका छिरेका युवकको हिरासतमा मृत्यु

11

काठमाडौं : एजेन्टलाई ८५ लाख रुपैयाँ बुझाएर अमेरिका छिरेका ३२ वर्षीय सुवास श्रेष्ठ को अमेरिकाको अध्यागमन हिरासतमा मृत्यु भएको छ।

अमेरिका जानका लागि भदौ ५ गते घरबाट हिँडेका उनको मृत्यु भएको परिवारले बताएका छन्।  उनी काठमाडौंबाट टर्की, स्पेन हुँदै मेक्सिको पुगेका थिए।

मृतक श्रेष्ठ बाह्रबिसे नगरपालिका-६ का वडाध्यक्षका छोरा हुन्।