लालबन्दी : सर्लाहीमा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ।
जिल्लाको ईश्वरपुर नगरपालिका-६ निवासी भुवनेश्वर शाहका २३ वर्षीय छोरा सन्तोषको मृत्यु भएको इलाका प्रहरी कार्यालय केशरगन्ज बयलबासले जानकारी दिएको छ।
आज बिहान नगरपालिकाको पोखरीटोलमा छठ पूजाको लागि घाट बनाएर पोखरीमा नुहाउन पसेका उनको ११ बजे डुबेर मृत्यु भएको हो।
मृतक साह अध्ययनका लागि अष्ट्रेलिया जाने तयारीमा थिए। उनको मृत्युले अहिले छठ पूजास्थल शोकमग्न भएको छ। शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको प्रहरीले जनाएको छ।