हरिवन : सर्लाहीमा आज (सोमबार) बिहान विंगर गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
जिल्लाको हरिवन नगरपालिका-९ नोचामा मधेश प्रदेश-०३-००१ ज नम्बरको विंगरले ठक्कर दिँदा ५२ वर्षीया लक्ष्मी पोखरेलको दुर्घटनामा मृत्यु भएको हो।
विगंरको ठक्करबाट गम्भीर घाइते भएकी पोखरेललाई उपचारका लागि स्थानीय स्वाभिमान अस्पताल हरिवन पुर्याउँदा त्यहाँ चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय हरिवन जानकारी दिएको छ।
महिलालाई ठक्कर दिएर भाग्ने क्रममा सोही गाडीको ठक्करबाट सडक सुरक्षार्थ खटिएका ट्राफिक प्रहरी हवल्दार सुबोधकुमार यादव घाइते भएका छ्न्। बायाँ खुट्टा भाँचिएका हवल्दार यादवलाई उपचारका लागि लालगढ अस्पताल लगिएको छ।
दुर्घटनामा संलग्न विंगर र चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरी जनाएको छ।