रुपन्देही : जिल्लाको भलवारी स्थित नेपाल आयल निगमको डिपो अगाडि राखिएको ट्यांकरमा आगलागी भएको छ।
प्रहरी नायब निरीक्षक डाँगीका अनुसार लु. २ ख. २६५६ र लु. २ ख. ५६८५ नम्बरको ट्यांकरबाट तेल खनाउने क्रममा आगलागी भएको हो।
सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलवारी आयल निगमको दमकलले आगलागी नियन्त्रणमा लिएका छ्न्।
डिपोमा ट्यांकरबाट तेल खनाउने तयारी गर्ने क्रममा अचानक आगलागी भएको प्रहरी नायब निरीक्षक लक्ष्मण डाँगीले जानकारी दिए।