गायिका इन्दिराले गरिन् प्रेमी शरदसँग विवाह

98

सर्लाही : गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग विवाह बन्धनमा बाँधिएकी छिन्। दुवै जोडीले चितवनको वाराही जंगल लजमा मंगलबार लगनगाँठो कसेका हुन्। 

जोशी र केडियाको परिवार एवं सीमित आफन्तका बीच वैवाहिक कार्यक्रम सम्पन्न भएको गायिका जोशीको परिवारले बताएको छ। आइतबार मेहेन्दी उत्सव गरेकी जोशीले मंगलबार विधिपूर्वक विवाह गरेकी हुन्। 

गायिका जोशी र फेसन डिजाइनर केडिया तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए। दुवैले २०७८ हिउँदमा माउन्ट एभरेस्ट रनवे कार्यक्रम अवसर पारेर एकअर्काबीच विवाह प्रस्ताव राखेका थिए।

Shares7