कञ्चनपुर : कृष्णपुर नगरपालिका-५, गुलरियाका ४८ वर्षीय गणेश देउवाको मलेशियामा आइतवार मृत्यु भएको छ।
मलेशियामा रोजगारी गर्दै आएका देउवाको हृदयघातबाट मृत्यु भएको जानकारी आएको कृष्णपुरका नगर प्रमुख हेमराज ओझाले बताए।
देउवा १५ वर्षदेखि मलेशियामा रोजगारी गर्दै आएका थिए।