बसले अटो रिक्सालाई ठक्कर दिँदा सर्लाहीका तीन जनाको मृत्यु

4805

सर्लाही : रौतहटमा बसले अटो रिक्सालाई ठक्कर दिँदा तीन जनाको ज्यान गएको छ। एक जना घाइते भएका छन्।

चन्द्रपुर नगरपालिका-२ लच्कामा काठमाण्डौबाट सर्लाहीको पोखरीयाका लागि छुटेको वागमती प्रदेश ०३-००१ ख २०१ नम्बरको जस्मिन डिलक्स बसले  प्रदेश-२-०२-००१ ह २१०९ नम्बरको अटोलाई ठक्कर दिँदा अटो चालकसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सर्लाहीकाे बागमती नगरपालिका-२ सोल्टीका अटो चालक ३८ वर्षका रवि मगर र रिक्सामा सवार सोही ठाउँका ४५ वर्षका ढकबहादुर लुङ्गेली, ३८ वर्षका प्रेम ठाडामगरको मृत्यु गएको हो।

मृतक ढकबहादुर लुङ्गेलीकी श्रीमती सविना घाइते भएकी छिन्।  

दुर्घटनामा परेको बस तथा चालक नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरले जनाएको छ।

Shares76