पशुपति क्याम्पस अध्ययनरत छात्रा जगडोल जंगलमा मृत फेला

167

काठमाडौं : चावहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत नीला राई मृत फेला परेकी छिन्।

भोजपुरको हतुवागढी गाउँपालिका-२ घर भएकी २७ वर्षीया राई बिहिबार गोकर्णेश्वर नगरपालिका-३ जगडोल वन कार्यालय नजिक जंगलमा मृत भेटिएकी हुन्।

पशुपति क्याम्पसमा बी.ए. तेस्रो वर्षमा अध्ययनरत राईको बायाँ हातको नाडीमा ब्लेडले काटेको डोब देखिएको छ। निलाको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए। उनी काठमाडौं महानगरपालिका-६ कपन स्थित सरस्वतीनगर बस्दै आएकी थिइन्।

घटनास्थलमा ब्लेड र विषको बट्टा भेटिएको छ। रुखहरूमा पनि रगत लतपतिएको छ। घटनाबारे महानगरीय प्रहरी वृत बौद्धले अनुसन्धान गरिरहेको एसपी मैनालीले बताए।

Share1