सर्लाही : सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि मछिन्द्र फुटबल क्लब काठमाडौंले जितेको छ।
जावलाखेल युथ क्लव, ललितपुरलाई १ का विरुद्ध २ गोलले पराजित गर्दै मछिन्द्रले उपाधि जितेको हो।
भर्खरै सर्लाहीको बागमती नगरपालिकाको कर्मैयास्थित सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा सप्पन्न खेलमा विजयी हुने मछिन्द्रले १० लाख रुपियाँ प्राप्त गरेको छ भने उपविजेता जावलाखेलले ५ लाख रुपैयाँमै चित्त बुझाएको छ।
जावलाखेलको जितमा कप्तान सुजल श्रेष्ठ र बिमल घर्ती मगरले १-१ गोल गरे भने जावलाखेलका बिनोद केसीले आफ्नो टिमको लागि सान्त्वना गोल गरे।