मेस्सीले जिते फिफा प्लेयर अवार्ड

24

सर्लाही : अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा प्लेयर अफ द इयर अवार्ड जितेका छन्।

फिफा द बेस्ट अवार्ड २०२२ अन्तर्गत मेस्सीले पुरुषतर्फ प्लेयर अफ द इयर अवार्ड जितेका हुन्।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्डले फ्रान्सका केलियन एमबाप्पे र करिम बेन्जिमालाई पछिपार्दै अवार्ड जितेका छन्। मेस्सीले अर्जेन्टिनालाई आफ्नो कप्तानीमा कतार विश्वकपको उपाधि दिलाए। मेस्सीले २०२१र२२ मा क्लब र राष्ट्रका लागि ४९ खेलमा २७ गोल गरे। महिलातर्फको प्लेयर अफ द इयर अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितिन्।

पुरुषको कोच अफ द इयर अवार्ड अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कोलानीले जितेका छन्।