ऋषि धमलालाई पटमुर्खको उपाधि

291

सर्लाही : सञ्चारकर्मी ऋषि धमलालाई पटमुर्खको उपाधि प्रदान गरिएको छ।

महामुर्खको उपाधि भने जनकपुरधाम उपमहानगरका प्रमुख मनोजकुमार साहले पाएका छन्। ​जनकपुरधाममा प्रत्येक वर्ष होली पर्वको अवसरमा महामुर्ख सम्मेलन हुँदै आएको छ। जसमा धमलालाई पटमूर्ख र साहलाई महामुर्ख घोषित गरिएको हो। 

मिथिला नाट्यकला परिषद्ले प्रत्येक वर्ष  महामुर्ख छान्दै आएको छ। साहलाई  प्रशस्ती पत्र, लाटोकोसेरोको मुकुट, मालाले सुशोभित गरी सम्मान गरिएको छ।

यसैगरी सञ्चारकर्मी वीरेन्द्र रमणलाई सोटाचन्द, मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसद मण्डललाई वैशाखनन्दन,नेतृ विभा ठाकुरलाई गन्धपसारैन, पूर्व खेलाडी अरुण लाललाई खबसुरता, शिक्षक संजय झालाई लोढाशंकर, बलराम साहलाई बज्रसोटा, अधिवक्ता रेखा झालाई मनटुटिया, रत्नेश्वरलाल कर्णलाई डपोरशंख, कवियत्रि किरण झालाई टुनमुसरी, मधेस प्रदेशको वन मन्त्रालयका कर्मचारी लालबाबु यादवलाई हराशंख, मोनाष्टिक विद्यालयका डा. सोनुकुमार साहलाई बज्रकिटलगायतको हाँस्यास्पद उपाधि प्रदान गरिएको छ ।   

सम्मेलनमा विभिन्न व्यक्तिहरूले आफूलाई महामुर्ख घोषित गराउनका लागि पैरवीसमेत गरेका थिए।