सर्लाहीसहित मधेशका जिल्लामा छिटपुट वर्षा

80

सर्लाही : ६ महिना लामो खडेरीपछि आज (बुधबार) सर्लाहीसहित मधेश प्रदेशका जिल्लामा छिटपुट वर्षा भएको छ। 

अहिले मधेश प्रदेश अन्तर्गतका सर्लाही, महोत्तरी, रौतहट लगायतका जिल्लामा सानोतिनो वर्षा भइरहेको छ। ती जिल्लामा बिहानैदेखि घाम लागेको छैन। वर्षा हुँदा जनजीवन सामन्य प्रभावित भएको छ। पश्चिमी वायुको सामान्य प्रभावका कारण वर्षा भएको हो।

मधेशका जिल्ला गएको दसैँयता पानी परेको छैन। पानी नपर्दा किसानले लगाएका बालिनाली चौपट भएको छ।