रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित

8

सर्लाही : रामसहाय प्रसाद यादव संघीय गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति निर्वाचित भएका छन्।

संघीय संसद् भवन बानेश्वरमा भर्खरै सम्पन्न मतगणनाअनुसार यादव चौथो कार्यकालका लागि उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।

निर्वाचित यादवले ३० हजार ३२८ मतभार प्राप्त गर्दै विजयी भए। उनले संघतर्फ १८४ र प्रदेशसभातर्फ ३२९ मत प्राप्त गरे।