वडाध्यक्षले चैतमा बाडे वडाबासीलाई सिरक

82

धनुषा : धनुषाको नगराइन नगरपालिका-७ का वडाध्यक्षले वडाबासीलाई चैत महिनामा सिरक बाँडेको छन्।

नगराइन नगरपालिका ७ का ज्येष्ठ नागरिकलाई वडाध्यक्ष सूर्यनारायण साहले शुक्रबार सिरक बाँडेका हुन्।

शितलहरको बेला जसोतसो जीवनयापन गरेका विपन्न ज्येष्ठ नागरिकहरूलाई गर्मी याममा सिरक बाँडिएपछि सामाजिक सञ्जालमा वडाध्यक्ष साहको निकै टीकाटिप्पणी भइहरेको छ।

नगरपालिकाभित्र जनप्रतिनिधिहरुबीच रहेको विवादले गर्दा नगर सभा ढिला भएको कारण सिरक चैत्रमा बाँडिएको वडाध्यक्ष साहले बताए।

उनले माघ १८ गते नगर सभा भएपछि १५ दिन पश्चात् प्रमुख प्रशासकीय अधिकृतले अख्तियारी पाए।

तत्पश्चात् कोटेसन प्रक्रियामा जाँदा जाँदै ज्येष्ठ नागरिकलाई सिरक बाँड्न ढिलाइ भएको उनले बताए।