प्रावि शिक्षकका लागि दर्खास्त खुल्यो

20

सर्लाही : शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ।

आयोगले आज प्रावि तहको शिक्षकमा विज्ञापन खुलाएको हो।

आयोगले सूचना जारी गर्दै चैत ८ गतेको निर्णय अनुसार आजदेखि दरखास्त पेस गर्न सकिने जनाएको छ।

आयोगको अनलाइन दरखास्त प्रणाली https://online.tsc.gov.np मार्फत सम्पूर्ण विवरण भरी आवेदन दिनुपर्नेछ।