सर्लाही : सर्लाही प्रहरीले जिल्लाका विभिन्न ठाउँबाट साढे सत्र लाख रुपैयाँ भन्दा धेरै मूल्यको अवैध सामान बरामद गरेको छ।
भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा ब्रम्हपुरी गाउँपालिका-४ र बलरा नगरपालिका-२ बाट १७ लाख ६४ हजार रुपैयाँ मूल्य पर्ने कपडासहितका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
सामान बरामद गर्ने क्रममा प्रहरीले प्रदेश २-०२-००१-ह०९४३ नम्बरको अटो पनि बरामद गरेको छ।
बरामद सामान आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय मलंगवामा पठाइने डीएसपी कैलाश राईले जानकारी दिए।