सर्लाही : वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा रहेका मोरङको मिक्लाजुङ गाउँपालिका-७ का ३९ वर्षीय पदमबहादुर बुढाथोकीको मृत्यु भएको छ।
बुढाथोकी डेढ वर्ष अघि साउदी अरब गएका थिए। चैत २८ गते आफ्नै कोठामा पदम मृत भेटिएको खबर आएकाे मृतकका दाजु श्यामबहादुर बुढाथोकीले बताए।
बुढाथोकीको शबलाई नेपाल ल्याउने नेपाली दूतावास मार्फत पहल भइरहेको श्यामले जानकारी दिए। पदमका २ छोरा र श्रीमती छन्।