सडकको काम रोक्न माग गर्दै हाइटेन्सनको पोलमा चढे युवक

41

मोरङ : मोरङमा ४० वर्षीय दिनेश कुमार माझी बिजुलीको हाई भोल्टेज प्रसारण लाइनको पोलमा चढेका छन्।

मोरङको बुढिगङ्गा गाउँपालिकामा सडकको रिटेनिङ वालको काम रोक्न माग गर्दै माझी बिजुलीको हाइटेन्सन लाइनको पोलमा चढेका हुन्।

उनी ४ घण्टादेखि हाइटेन्सन लाइनको पोलमा चढेर बसिरहेका छन्। माझीले गुणस्तरहीन काम रोक्न माग गरेका छन्।

गाउँपालिका अध्यक्ष जित नारायण थापा मगर र उपाध्यक्ष अमृता कुमारी गच्छदार थारुले आफनो मागलाई वेवास्ता गरे आत्मदाह गर्ने चेतावनी समेत दिएका छन्।

उनी शनिबार बिहान ६ बजे देखी १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको पोलमा चढेका हुन्।