काठमाडौं : सांसद अमेरश कुमार सिंहले उखु किसानको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । संसदको शून्य समयमा बोल्दै सांसद सिंहले अहिलेसम्म उनीहरूले उखुको भुक्तानी नपाएको भन्दै भुक्तानी दिन माग गरे ।
धान रोप्ने समय आउन लाग्दासमेत भुक्तानी नपाएको बताउँदै उनले भने, ‘पैसा नभएर कसरी धानबाली लगाउने ? कसरी मल किन्ने कसरी बिउ किन्ने ? किसानलाई न समयमा मल दिने, न बिउ दिने न सिचाइको व्यवस्था गर्ने सरकारले उल्टै किसानले मिहेनत गरेर उखु उत्पादन गर्छ, त्यसलाई सरकारले उधारोमा लट्काइदिन्छ, त्यसकारण उखु किसानको समस्या तत्काल समाधान होस् ।
उखु नगदेबाली भए पनि सरकारले उधारो बाली बनाइदिएको उनको भनाइ छ ।