जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

91

रुकुम : रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

जिल्लाको बाँफेकोट गाउँपालिका-८ तोरीधारा मोटे खोला भन्ने ठाउँमा लु. १ ज. १७४७ नम्बरको जिप दुर्घटना भएको हो।

मृत्यु हुनेमा सानीभेरी गाउँपालिका-५ का कर्णे बाठा र देउचन खत्री रहेका छन्। त्यस्तै बाँफीकोट गाउँपालिका-८ की रेखा खत्री र उनको सानो छोरा रोशन र शितला नाम गरेकी महिलाको दुर्घटनामा मृत्यु भएको छ।

जिपमा जम्मा १४ यात्रु सवार थिए। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ।

जिप सडकबाट अन्दाजी ४०० मिटर तल खसेर दुर्घटना भएको हो।