रौतहटमा गोली प्रहार गरी वृद्धको हत्या

92

रौतहट : टाउकोमा गोली लागेर रौतहटमा एक जनाको मृत्यु भएको छ।

जिल्लाको देवाही गोनाही नगरपालिका-१, करुनियामा ७० वर्षीय शेख तैयबको गाली लागेर मृत्यु भएको हो।

तैयबलाई गोली कसले हानेको हो भन्ने खुलेको छैन। करुनिया नजिकै रहेको आरोही बाल एकेडेमी नजिक तैयबको शव आज (बिहिबार) भेटिएको प्रहरीले जनाएको छ।

तैयबको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा पुर्याइएको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।