सर्लाही : सर्लाहीमा बिहीबार साँझ आएको हावाहुरीले घर भत्किँदा एक वृद्धाको मृत्यु भएको छ।
हावाहुरीले घर भत्किएर थिच्दा ब्रह्मपुरी गाउँपालिका-२ की ६५ वर्षीया सावित्रीदेवी साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
टाउको र छातीमा चोट लागेर गम्भीर घाइते भएकी साहलाई उपचारका लागि प्रादेशिक अस्पताल (मलंगवा) लगिएको थियो।
तर अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।