सिन्धुली : सुनकोशी नदीमा आज बिहान साढे ११ बजे खसेको भनिएको स्कर्पियो सीटीईभीटीको भएको खुलेको छ।
दुर्घटनामा ३ जना बेपत्ता भएका छन् भने चालक कृष्ण चौधरी पौडिएर निस्किन सफल भएका छन्।
काठमाडौँबाट खोटाङ हिँडेको स्कर्पियो मध्यपहाडी लोकमार्गस्थित सिन्धुलीको खुर्कोट नजिकै सुनकोशी नदीमा खसेको थियो।
गाडीमा सवार सीटीईभीटीका सहसचिव कृष्णबहादुर केसी, योजना महाशाखाका निर्देशन यमप्रसाद भुर्तेल र विद्युत् प्रशिक्षक भानु पौडेल रहेका र उनीहरूको अवस्था अज्ञात रहेको सिन्धुली जिल्ला प्रहरीले जानकारी दिएको छ।
चालक चौधरीलाई उपाचारका लागि सुनकोशी सामुदायिक अस्पताल खुर्कोट लगिएको छ। जिप दुर्घटनाको कारण सडकमा राखिएको ससना बालुवाको कण रहेको प्रहरीले प्रारम्भिक अध्ययनपछि भनेको छ।