सिन्धुली : सुनकोशी नदीमा भएको जिप दुर्घटनापछि बेपत्ताहरूको उद्धार गर्न सशस्त्र प्रहरीको गोताखोर टोली खुर्कोटतर्फ लागेको छ।
आज बिहान साढे ११ बजे भएको दुर्घटनामा सीटीईभीटीका सहसचिवसहित ३ जना जना बेपत्ता छन्। चालक कृष्ण चौधरी भने पौडिएर बाँच्न सफल भएका छन्। घाइते चौधरीको सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भईरहेको छ।
सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म सिन्धुलीबाट प्रहरी निरीक्षक कमाण्डका १३ जना, सशस्त्र प्रहरी बल , नेपाल रामेछाप गुल्मबाट प्रहरी नायब निरीक्षक कमाण्डका ९ जना र काठमाडौँ सिनामंगलस्थित सशस्त्र प्रहरी बल, नेपाल नम्बर २० विपद् उद्धार उपत्यका गणबाट नायब निरीक्षक कमाण्डका ७ जना गोताखोर टोली खटिएका सशस्त्र प्रहरी बलका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
गाडीमा सवार सीटीईभीटीका सहसचिव कृष्णबहादुर केसी, योजना महाशाखाका निर्देशन यमप्रसाद भुर्तेल र विद्युत् प्रशिक्षक भानु पौडेल रहेका छन्।
उनीहरूको अवस्था अज्ञात रहेको सिन्धुली जिल्ला प्रहरीले जानकारी दिएको छ।