सर्लाहीमा आगलागी हुँदा दुई घर र ६ बाख्रा जले

260

सर्लाही : सर्लाहीमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ।

जिल्लाको बरहथवा नगरपालिका-१४,सैतपुरमा शुक्रबार दिउँसो करिब साढे तीन बजे अचानक भएको आगलागीबाट सुरेन्द्र महतो र नथुनी राउतको घर जलेर नष्ट भएको हो।

आगलागीबाट घरमा भएका अन्नपात, लत्ताकपडालगायतका सामान जलेर नस्ट भएको छ। आगलागीमा परि ६ वटा खसीबाख्रा पनि जलेका छ्न्।

स्थानीयवासी, प्रहरी र मलंगवा नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

मलको थुप्रोबाट सल्केको आगोले दुई घर जलेर नष्ट भएको प्रत्यक्षदर्शीले बताएका छ्न्।