दैलेख : दैलेखमा सिंचाई गर्न निर्माण गरिएको पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा चामुण्डाविन्द्रासैनी नगरपालिका-३ पानी खोला गाउँ बस्ने बमबहादुर खप्तडीकी छोरी ५ वर्षीया सपना खप्तडी र सोही ठाउँकी लिला खप्तडीकी छोरी ८ वर्षीया बिपना रहेका छन्।
बिहीबार साँझ ६ बजेतिर घरदेखि झण्डै ५० मिटर टाढा रहेको सिंचाई पानी पोखरी नजिकै खेल्ने क्रममा दुबै बालिकाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
उनीहरुको शव पोस्टमार्टमका लागि दुल्लु अस्पतालमा राखिएको छ।