सर्लाही : आज (आइतबार) बागमतीसहित देशका ठूलठूला नदी तथा यसका सहायक नदीमा ठूलो बाढी आउने भएकाले प्रभावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आज बिहान सूचना जारी गरी नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन सुझाव दिएको हो।
सूचनाअनुसार आज बागमती, नारायणी, कर्णाली, पश्चिम राप्ती, बबई, महाकाली र यसका सहायक नदीहरूको जलसतह सतर्कता तह आसपास पुग्नसक्ने सम्भावना छ। तसर्थ नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनिएको छ।