कञ्चनपुर : कञ्चनपुरमा सेफ्टी ट्यांकीमा फसेर एक वयस्क पोथी हात्ती मृत्यु भएको छ।
जिल्लाको शुक्लाफाटा नगरपालिका–७, कालापानीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक बनको शौचालयको सेफ्टी ट्याङ्कीमा परेर जङ्गली हात्तीको मृत्यु भएको हो।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वार्डेन किशोर मेहताले गए राति ओहोरदोहोर गर्ने क्रममा सेफ्टी ट्याङ्कीमा हात्ती फसेको बताइएको छ।
पोष्टमार्टमपछि आवश्यक प्रक्रिया अगाडि बढाइने निकुञ्जले बताइएको छ।