घुस लिएको आरोपमा अख्तियार बर्दिबासको टोलीद्वारा सिरहा नापीका अमिन पक्राउ

27

लालबन्दी : सिराहाको लहान नापी कार्यालयका अमिन दिपरञ्जन यादव घुससहित पक्राउ परेका छन्।

यादवलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले आज बुधबार १० हजार घुससहित पक्राउ गरेको हो। काम गर्दिएवापत सेवाग्राहीसँग १० हजार घुस मागेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको अख्तियारको टोलीले जनाएको छ।

यादवलाई पक्राउ गरेर यस घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ।