त्रिशुली दुर्घटनामा ज्यान गुमाउनेको परिचय खुल्यो (नामावलीसहित)

649

आज दिउँसो धादिङमा भएको यात्रुबहास बस दुर्घटनामा ज्यान गुमाउने ८ जनामध्ये ६ जनाको सनाखत भएको छ।

गजुरी गाउँपालिका वडा नम्बर ०२ चालिसेस्थित पृथ्वी लोकमार्गमा काठमाडौंबाट पर्वत हुँदै म्याग्दी बेनी जादै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भई त्रिशुली नदीमा खसेको थियो।

सडकबाट बस करिब ३०-४० मिटर तल खस्न जाँदा ८ जनाको मृत्यु भएको थियो। जसमा २ महिला, ६ पुरुष रहेका छन्।

उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय धादिङ, इलाका प्रहरी कार्यालय गजुरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी अन्य सुरक्षा निकायका सदस्यहरू र स्थानीय नागरिकहरूको सहयोगमा १७ जनाको जीवित उद्धार गरिएको छ।

सो सवारी साधनमा २५ जना सवार रहेका, जीवित उद्धार गरिएका १७ मध्ये १४ जनालाई थप उपचारका लागि काठमाडौंतर्फ ल्याइएको, १ जना उपचारपश्चात् डिस्चार्ज, १ जनाको मलेखुको टिचिङ अस्पतालमा उपचार भइरहेको र १ जना सकुसल रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा ज्यान गुमाउनेहरूको नामावली यस प्रकार छः

१ जिल्ला म्याग्दी रघुगंगा गा।पा ३ बस्ने बर्ष ५० को थान बहादुर भण्डारी
२ जिल्ला पर्वत मोदी गा।पा १ बस्ने बर्ष १५ कि कृतिका शर्मा पौडेल
३ जिल्ला धादिङ गजुरी गा।पा ८ बस्ने बर्ष अं। २० को शुसिल रम्तेल
४ जिल्ला कास्की फुलबारी ११ बस्ने बर्ष अं। २४र२५ को सुमन थापा
५ जिल्ला पर्वत जलजला गा।पा ६ बस्ने बर्ष ४२ की राधिका सापकोटा
६ जिल्ला पर्वत मोदी गा।पा ५ बस्ने बर्ष ४५को झपट बहादुर क्षत्री

बाँकी २ जनाको भने सनाखत हुन सकेको छैन। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ।