काठमाडौं : एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध नेपालले चौथो विकेट लिएको छ । सन्दीप लामिछानेले चौथो सफलता दिलाएका हुन् ।
सन्दीपले २८ औ ओभरमा सलमान आघालाई ५ रनमा आउट गरे । त्यसअघि दुई खेलाडी रन आउट भएका थिए भने करण केसीले एक विकेट लिएका थिए ।
मुल्तान क्रिकेट स्टेडियममा जारी खेलमा नेपालले कसिलो बलिङ गरिरहेको छ ।