नेपालले २ ओभरमा तिन विकेट गुमायाे

28

काठमाडौं : एसिया कपमा नेपालले तीन विकेट गुमाएको छ । नेपालले दुई ओभरमा नै तीन विकेट गुमाएको हो।

ओभरको पाँचौं बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले अन्तिम बलमा कप्तान रोहित पौडेललाई गुमाएको हो ।

दोस्रो ओभरको चौथो बलमा ओपनर आशिफ शेख ५ रन बनाउँदा नसिम शाहको बलमा इफिखार अहमदको हातबाट क्याच आउट भए ।

पाकिस्तानले दिएको ३ सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले पहिलो ओभरमा नै विकेट गुमाएको हो।