जंगली च्याउ खाँदा दाजुबहिनीको मृत्यु

50

बझाङ : बझाङमा जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ।

जिल्लाको जयपृथ्वी नगरपालिका-६ नौराका ७ वर्षिया सञ्जिला कठायत र १२ वर्षिय सुदीप कठायतको मृत्यु भएको हो।

मंगलबार जंगलबाट ल्याएको च्याउ खाएर आमा पुनी कठायत र दुई बालबालिका बिरामी परेपछि उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको थियो।

त्यहाँ उपचार सम्भव नभएपछि बिरामी बालिका सञ्जिलालाई डडेल्धुरा रिफर गरेको थियो। डडेल्धुरा पुर्‍याउन नपाउदै उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

सुदीपलाई पनि धनगढी ल्याउने क्रममा बिहिवार राती नै बाटोमा मृत्यु भएको बताइएको छ। आमा पुनी कठायतको भने उपचार जारी रहेको छ।