महिला विश्वकप छनोट : बहराइनविरुद्ध नेपालको शानदार जित

18

काठमाडौं : महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनविरुद्ध शानदार जित हासिल गरेको छ। मलेसियाको क्वालालाम्पुरमा नेपालले आज बहराइनलाई १० विकेटले पराजित गरेको हो।

३२ रनको झिनो लक्ष्य नेपालले २.५ ओभरमा पुरा गर्यो। नेपालका लागि कविता कुँवरले अविजित १७ र सीता राना मगरले २ रन जोडे। नेपालले १३ रन अतिरिक्त पाएको थियो।

पहिले ब्याटिङ गरेको बहराइन १५.४ ओभरमा ३१ रनमा अलआउट भयो। इन्दु बर्माले ३, खुशी डंगोलले २ तथा कविता कुँवर, पुजा महतो र रुबिना क्षेत्रीले १-१ विकेट लिएपछि बहराइन सस्तैमा आउट भएको थियो।

बहराइनका लागि दीपिका रसङ्गिकाले सर्वाधिक ११ रन बनाईन्। अन्य खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।