काठमाडौं : मलेसियामा जारी आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोटमा नेपाल समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको छ।
सोमबार बिहान भएको खेलमा कतारलाई ९ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको हो।
कतारले दिएको ७५ रनको लक्ष्य नेपालले १०.३ ओभर खेल्दै एक विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा काजल श्रेष्ठले सर्वाधिक ३२ रन बनाइन्।
समूह ए मा लगातार चौथो जित हात पारेको नेपालको ४ खेलबाट ८ अंक छ। नेपालले अब समूहको अन्तिम खेलमा बुधबार यूएईसँग खेल्नेछ।