लालबन्दी : सर्लाहीमा एक किशोरी रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन्।
जिल्लाको रामनगर गाउँपालिका-१, खैरवा बजारका बिर बहादुर सहनीकि १८ वर्षिया छोरी चन्दा कुमारी घरबाट करिब २०० मिटर टाढा रुखमा सलको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएको र घटनास्थलमा दुई वटा मोबाईल पनि फेला परेको छ।
चन्दा बिहान एक्कसी घरमा नहुँदा खोज्ने क्रममा उक्त ठाउँमा झुण्डिएको अवस्थामा भेटिएको रामनगर गाउँपालिका-१ का वडाध्यक्ष ब्रहमदेव चौधरीले बताए।
अहिले शवलाई परिक्षणका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको तथा यस घटनाका सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।