सामाजिक सुरक्षा भत्ता परिचयपत्र नबिकरण वापत रकम असुल्दै गाउँपालिका

34

लालबन्दी : बाराको आदर्श कोतवाल गाउँपालिका-५, बिर्तामा सामाजिक सुरक्षा भत्ता परिचय पत्र नबिकरण गरे वापत सेवाग्राहीसंग १५० रुपैयाँको दरले रकम असुल्दै आईरहेको स्थानीयले बताएका छन्। सामाजिक सुरक्षा भत्ता नियामावली २०७६ अनुसार सामाजिक सुरक्षा भत्ता परिचय पत्र बनाउँदा तथा नवीकरण गर्दा वडा कार्यालयले नि:शुल्क रुपमा गर्नु पर्ने ब्यबस्था गरेको छ।

स्थानीय कालिया देवीका अनुसार आफू वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्न जाँदा वडा कार्यालयका कार्यालय सहयोगी रामचन्द्रले १५० रुपैयाँका दरले परिचय पत्र नविकरण गर्न आएका सबै सेवाग्राहीबाट लिएको बताइन्। यसरि परिचय पत्र दर्ता गर्दा होस् वा नवीकरण गर्दा होस् यसै गरि पैसा लिने गरेको र दर्ता गर्दा पनि लिएको उनले बताएकी छिन।

यस सम्बन्धमा वडा अध्यक्ष रुपेश नारायण सिंहसँग बुझ्दा यो बिषयमा आफूलाई जानकारी नभएको तथा स्थानीयको काम आज हुँदैन भन्दा, स्थानीयले नै जसरी पनि काम गराईदिनु भन्दै ४०० देखि ५०० सम्म दिने गरेको बुझिएको उनले बताए। साथै अध्यक्ष सिंहले नवीकरणको फारम भर्दिए वाफत लिएको हुन् सक्ने स्वीकार गरेका थिए।

वडाका सचिव राजेश यादवसँग बुझ्दा पनि उनले अध्यक्ष कै जसरी जवाफ दिए। तर कार्यालय सहयोगी रामचन्द्रसँग हामीले बुझ्दा उनले पैसा लिएको हो तर नवीकरणको फारम भर्दिए वापत लिएको बताएका छन्।