हेटौंडा : सशस्त्र प्रहरी बल १४ नम्बर गढ हेडक्वार्टर मकवानपुरले हेटौंडाबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ।
टोलीले आइतबार हेटौंडाबाट भारततर्फ जाँदै गरेको भारतीय एन एल ०१ एसी २१४४ नम्बरको ट्रकबाट नौ क्विन्टल लागुऔषध गाँजा बरामद गरेको सशस्त्रका वरिष्ठ प्रहरी उपरीक्षक अनिल कार्कीले बताए।
विशेष सूचनाका आधारमा सवारी खानतलासी गर्दा हेटौंडा बजार क्षेत्रबाट गाँजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरिएको कार्कीले बताए।
बरामद भएको ट्रकको भित्री भागमा फल्स बटन बनाएर गाँजा राखी पुनः वेल्डिङ गरेर लुकाई ल्याएको अवस्थामा गाँजा बरामद गरिएको उनले बताए।
पक्राउ पर्नेमा भारतीय नागरिक भारत बलरामपुर विर्तापुर निवासी चालक करिब ४५ वर्षका दुलारे यादव र सहचालक योगेश बर्मा रहेका प्रहरीले जनाएको छ। रासस