लालबन्दी : सर्लाहीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।
जिल्लाको कौडेना गाउँपालिका-३ का चन्दन पासवानका ४ वर्षीय छोरा रितिकको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
पोखरीको डिलमा खेल्ने क्रममा बालक अचानक पोखरीमा खसेका थिए। बालकलाई तत्काल उद्दार गरि स्थानीय स्वास्थ्य केन्द्रमा सामान्य उपचार पश्चात् थप उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।