सर्पले डसेर १८ वर्षीया किशोरीको मृत्यु

662

दैलेख : दैलेखमा सर्पले डसेर एक किशोरीको मृत्यु‌ भएको छ।

जिल्लाको ठाटीकाँध गाउँपालिका-१, नुवावनकी १८ वर्षीया कल्पना शाहीको मृत्यु भएको हो। आइबार बेलुका बेलुका ६ बजेतिर घरमा सुतिरहेको बेला उनलाई सर्पले डसेको थियो।

घरमा आमा र उनी मात्र थिइन्। दाइ निराजन काठमाडौं छन् भने बुबा भारतमा छन्। झारफुक गर्दा पनि सन्चो नभएपछि अस्पताल लिँदै गर्दा उनको मृत्यु भएको उनले बताए।

भावना कक्षा ९ मा पढ्थिन्। अहिले उनको शव पोस्टमार्टमका लागि दुल्लु अस्पतालमा लगिएको छ।