छोराले रिसको झोकमा चिर्पट प्रहार गर्दा बाबुको मृत्यु

50

कपिलवस्तु : कपिलवस्तुमा छोराले चिर्पट दाउरा प्रहार गर्दा बुबाको मृत्यु भएको छ। 

जिल्लाको बाणगंगा नगरपालिका-८ पुलचोकमा मादक पदार्थ सेवन गरेका २५ वर्षीय छोरा भुवन दर्जीले रिसको झोकमा चिर्पट प्रहार गर्दा ६२ वर्षीय बुवा बलबहादुर दर्जीको मृत्यु भएको हो।

चिर्पट दाउराले हानेपछि गम्भिर घाईते भएका बलबहादुरलाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ।

भुवनलाई प्रहरीले पक्राउ गरिसकेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ।