सप्तरी : सप्तरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।
जिल्लाको कोशी गाउँपालिका-५ निवासी बिन्देश्वर यादवका ८ वर्षीय छोरा आशिषको पोखरीमा डुबेर मृत्यु भएको हो।
राजबिराज नगरपालिका-९ मलेठमा आफन्तको घर गएको बेला बालक नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
पोखरीबाट उद्धार गरि बालकलाई उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।