लालबन्दी : सर्लाहीका एक पुरुष बिरगञ्जमा मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको कोडैना गाउँपालिका-३, पर्साका ५० बर्षीय भुब्रो महतो नुनिया बुधबार साँझ पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका-९, पान गल्लीमा मृत भेटिएका हुन्।
नुनीया विरगञ्जमा ठेला गाडा चलाउने गर्थे। बुधबार साँझ आफैंले चलाउने ठेलामा उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
अहिले शव परिक्षणका लागि बिरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।