मलंगवाबाट १६४ किलो गाँजा बरामद

131

लालबन्दी: सर्लाही सदरमुकाम मलंगवाबाट शुक्रबार राति प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।

५ जनाको समूहले टाउकोमा बोकेर खोलाको बाटो भैइ भारतीय सीमा कट्नै लागेको अवस्थामा १ सय ६४ किलो गाँजा बरामद गरिएको हो।

प्रहरीलाई देख्नेबित्तिकै भारतीय बजार सोनवर्षा जान उनीहरूले गाँजा छाडेर भागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रहरीका अनुसार ६ वटा गाँजाको पोका बरामद गरिएको छ। उनीहरुको खोजी कार्य भईरहेको बताइएको छ।