लालबन्दी : सर्लाहीको बागमती नगरपालिकाले आज (शुक्रबार) नगर क्षेत्रमा इन्द्रजात्राको बिदा दिएको छ।
बागमती नगरपालिका-१० सोल्टी बजारमा आयोजित इन्द्रजात्रा मेला महोत्वसको अवसरमा आज बिदा दिएको बागमती नगरपालिकाले जनाएको छ।
बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिमल कुमार पोखरेलले बिहीबार सूचना जारी गर्दै इन्द्रजात्रा मेलाको अवसरमा शुक्रबार नगर क्षेत्रका कार्यालय, संघसंस्था तथा स्कुल कलेजहरुमा एक दिन स्थानीय बिदा दिइएको जनाएका छन्।
