सर्लाहीमा पिकअप गाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु

1023

लालबन्दी : सर्लाहीमा पिकअप गाडीको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ।

जिल्लाको ईश्वरपुर नगरपालिका-१२ बाँके जंगलस्थित सडकमा बागमती प्रदेश ०१-०२८ च ६४५७ नम्बरको पिकअप गाडीले हाल नम्बर नखुलेको अनटेस्ट स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक महोतरीको बर्दिबास नगरपालिका-३ बस्ने ४५ वर्षीय काजी कुमार कार्कीको मृत्यु भएको हो ।

पिकअप र त्यस्का चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।