धार्मिक तनाव देखिएका जिल्लाका सुरक्षा प्रमुखहरूको सेट नै फेरिन सक्ने

48

काठमाडौं : पछिल्लो समय देशका विभिन्न भागमा धार्मिक तथा जातीय तनाव बढिरहेका बुधबार राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको छ।

सिंहदरबारमा बसेको बैठकले देशको पछिल्लो सुरक्षा अवस्था र चुनौतीबारे लामो छलफल गरेको छ।

बैठकमा सहभागी एक अधिकारीका अनुसार देशको जटिल अवस्थालाई ख्याल गर्दै नेपाली सेनालाई जुनसुकै बेला परिचालन हुने गरी तयारी अवस्थामा रहन भनिएको छ।

उक्त बैठकमा पछिल्लो समय धार्मिक तथा साम्प्रदायिक तनाव देखिएका जिल्लाको सुरक्षा प्रमुखहरुको सेट नै फेर्ने कोणबाट पनि छलफल भएको ती अधिकारीले बताएका छन्।

उनका अनुसार पछिल्लो केही सातायता धार्मिक तनाव देखिएका सर्लाही र बाँकेको सुरक्षा प्रमुखहरुको सेट नै फेर्ने गरी पनि बैठकमा कुरा भएको हो। 

‘दुई समुदायबीच धार्मिक तथा साम्प्रदायिक तनाव देखिएर सुरक्षा चुनौती देखि जिल्लाका सुरक्षा नेतृत्व नै फिर्ता बोलाउने गरी छलफल भएको छ’, ती अधिकारीले भने ‘केही ठाउँमा स्थानीयबासी नै सुरक्षा प्रमुख हुँदा अवस्थालाई सामान्य रुपमा लिएको हो कि भन्ने कुरा पनि उठेको छ।’