मदिरा खाएर गए भोट हाल्न नपाइने

57

सर्लाही : मदिरा खाएर गरी भोट हाल्न जानेलाई निर्वाचन आयोगले केन्द्रमा प्रवेश निषेध गरेको छ।

मतदाता नामावलीमा नाम भए पनि मदिरा सेवन गर्नेलाई मताधिकारबाट आयोगले वञ्चित गर्ने बताएको हो।

मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएको मतदाता वा अन्य कुनै व्यक्तिले मतदान केन्द्रभित्र मोबाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटरजस्ता प्रज्वलनशील पदार्थ लैजना पनि निषेध गरेको छ।

एसिड पदार्थ, कुनै प्रकारको हात हतियार, नमूना मतपत्रलगायत कागजातहरू, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा संकेत जनिने कुनै वस्तु पनि लैजान नपाइने पनि आयोगले जारी गरेको सूचनामा उल्लेख छ।

मतदानका दिन केन्द्रभित्र मतदाता, उम्मेदवार वा उसका एक जना प्रतिनिधि वा मतदान प्रतिनिधिलाई प्रवेश दिइने आयोगले उल्लेख गरेको छ। यस्तै आयोगबाट अनुमतिप्राप्त पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृत तथा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति, महिला मतदाताको साथमा रहेको बढीमा पाँच वर्षको नाबालक एवम् दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगको लागि साथमा आएको एकाघरको परिवारको सदस्यलाई मात्र प्रवेश गर्न दिने व्यवस्था रहेको आयोगले स्पष्ट पारेको छ।

Shares19